काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले लिपुलेक र कालापानी क्षेत्रमा भारत–चीनबीच भएको भनिएको सम्झौता तथा नेपालको सरकारले त्यसप्रति लिएको कदमबारे संसदमा स्पष्ट जानकारी दिनुपर्ने माग गरेको छ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा आकस्मिक समयमा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले दुई छिमेकीबीचको सम्झौताले नेपाललाई गम्भीर असर पुर्‍याएको र जनता दुःखित भएको बताए। उनले सरकारले नेपालको भूभागमाथि भएको दाबीलाई रक्षा गर्न के कदम चालिरहेको छ भन्ने विषयमा संसदलाई तुरुन्त आधिकारिक जानकारी दिनुपर्ने जोर दिए।

advertisement

पाण्डेले भने, “राष्ट्रिय अखण्डता र सार्वभौमिकताको संवेदनशील मामिलामा सरकार मौन बस्न सक्दैन। सदनलाई जानकारी दिन ढिलाइ हुनुहुँदैन।”

प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com