दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियाको आणविक निःशस्त्रीकरणका लागि तीन चरणको योजना अपनाउने वाचा गरेका छन् । उनले सियोलले अमेरिकासँगको घनिष्ठ गठबन्धनका आधारमा संवादमार्फत प्योङयाङसँग काम गर्ने बताए ।

जापानका प्रधानमन्त्री शिगेरु इशिबासँगको शिखर वार्ताका लागि टोकियो भ्रमण गर्नुअघि एक अखबारसँगको अन्तर्वार्तामा राष्ट्रपति लीले पहिलो चरणको लक्ष्य उत्तर कोरियाको आणविक र क्षेप्यास्त्र कार्यक्रम स्थगित गर्नु रहेको बताए ।

advertisement

उनका अनुसार दोस्रो र तेस्रो चरणहरूले आणविक कार्यक्रमलाई पूर्ण रूपमा घटाउने र ध्वस्त पार्ने लक्ष्य राख्छ ।

सियोलले वासिङ्टनसँग घनिष्ठ समन्वय गर्दै अन्तर–कोरियाली संवाद पुनः सुरु गर्न उपयुक्त अवस्था सिर्जना गर्ने प्रयास गर्ने उनले बताए ।

  • एजेन्सी

प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com