काठमाडाैं । गुल्मीमा खोलाले बगाउँदा एक पुरुषको ज्यान गएको छ।

इस्मा गाउँपालिका–१ राहले निवासी ५३ वर्षीय मानबहादुर कुमालको शव शुक्रबार बिहान इस्मा–२ स्थित छल्दी खोला किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

advertisement

प्रहरी उपरीक्षक (एसपी) नारायणप्रसाद अधिकारीका अनुसार कुमाल बुधबार रातिदेखि परिवारको सम्पर्कमा थिएनन्। शुक्रबार बिहान स्थानीयले माछा मार्ने क्रममा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

जानकारी पाएपछि हस्तिचौर र धनार्जी प्रहरी चौकीबाट पुगेको टोलीले घटनास्थलको मुचुल्का उठाई शवलाई पोष्टमार्टमका लागि तम्घास अस्पताल पठाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com