काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई सानो भन्दै कुप्रचार नगर्न सबैलाई चेतावनी दिएका छन्।
पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, “हाम्रो पार्टीले देशभरि जनताको विश्वास जित्दै विभिन्न अभियान सञ्चालन गर्दै आएको छ। मेची–महाकाली अभियान र समाजवादी जागरण अभियानमार्फत देशका विभिन्न भागबाट पार्टीमा प्रवेश गर्नेहरूको ठूलो लहर देखिएको छ।”
उनले पार्टीको सशक्तिकरणलाई प्राथमिकतामा राख्दै भविष्यमा नेपाली राजनीतिमा महत्वपूर्ण भूमिका खेल्ने अवस्था सिर्जना गर्न आवश्यक रहेको बताए। “हामीले आफ्नो पार्टीलाई सशक्त बनाउनु पर्छ। ठूलो पार्टी बनाउनुपर्नेछ। नेपाली जनताको विश्वास जितेर समाजमा परिवर्तन र रुपान्तरण ल्याउने स्थितिमा पुर्याउनुपर्छ,” उनले थपे।
अध्यक्ष नेपालले बलियो पार्टी नै समाजमा सकारात्मक प्रभाव र स्थायी परिवर्तन ल्याउने माध्यम हुने पनि स्पष्ट पारे।
प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया