काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उपसभामुख इन्दिरा रानासँग सम्बन्धित बालबालिकाको अवैध ओसारपसार प्रकरणमा अनुसन्धान सुरु गरेको छ।
सूचनाअनुसार, राना प्रमुख रहेको तत्कालीन गैरसरकारी संस्था प्रिजनर्स असिस्टेन्ट (पीए) नेपालमार्फत केही बालबालिका अवैध रूपमा विदेशी नागरिकलाई धर्मपुत्रको रूपमा दिइएको खुलासा भएपछि सीआईबी सक्रिय भएको हो।
सीआईबी प्रमुख एआईजी चन्द्रकुवेर खापुङले यस विषयमा भने, “विभिन्न सञ्चार माध्यममा पीए नेपालमार्फत बालबालिकाको अवैध ओसारपसारको खबर आएको छ। यसबारे सत्यता के हो भनेर हामी चासोका साथ अनुसन्धान गरिरहेका छौँ। अहिले हामी प्रक्रिया अघि बढाइरहेका छौँ।”
यस अनुसन्धानअन्तर्गत पीए नेपाल र उपसभामुख रानासँग सम्बन्धित पक्षहरूबारे थप जानकारी सङ्कलन गरिने र आवश्यक कानुनी कदम चालिने जानकारी दिइएको छ।
प्रकाशित मिति: ८ भाद्र २०८२, आइतबार













प्रतिक्रिया