काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल हैजा प्रभावित क्षेत्र वीरगञ्जको स्थलगत अनुगमनका लागि आज दिउँसो २ बजे त्यहाँ जाने भएका छन्।

वीरगञ्जमा समुदायस्तरमै हैजा फैलिएको पाइएपछि मन्त्री पौडेल स्वास्थ्य सेवा विभागको टोलीसहित क्षेत्रको अवस्था प्रत्यक्ष निरीक्षण गर्न लागेका हुन्। यसअघि खानेपानी मन्त्रीले पनि हैजा प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेका थिए।

advertisement

स्वास्थ्य मन्त्रालयका स्रोतका अनुसार मन्त्री पौडेलले वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत हैजाका बिरामीहरूको स्वास्थ्य अवस्था, अस्पतालले उपलब्ध गराउँदै आएको सेवा र प्रवाहबारे अनुगमन गर्नेछन्।

साथै, मन्त्री पौडेलले हैजा रोकथाम र नियन्त्रणका लागि स्थानीय तह, वीरगञ्ज महानगरपालिकाका मेयर तथा अन्य सरोकारवालासँग छलफल गर्ने कार्यक्रम पनि तय गरिएको छ।

जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अनुसार, शुक्रबारदेखि वीरगञ्जमा ७१ जनामा हैजा संक्रमण पुष्टि भएको छ। विभिन्न अस्पतालमा उपचाररत १६१ जना झाडापखलाका बिरामीमध्ये ७१ जनामा हैजा पुष्टि भएको जनाइएको छ।

प्रकाशित मिति: ९ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com