काठमाडाैं । धरान उपमहानगरपालिका-१४ विजयपुर चोकमा आज अटोरिक्सा र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
प्रहरीका अनुसार, विजयपुर चोकबाट बुढासुब्बा मन्दिरतर्फ जाँदै गरेको को १ ह ६०१९ नम्बरको अटोरिक्सा र विपरीत दिशाबाट आउँदै गरेको को ३७ प ७९८६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए।
मोटरसाइकल चालक, धरान-१४ का ३२ वर्षीय सन्दीप मगर गम्भीर घाइते भएका थिए। उनका अनुसार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाले जानकारी दिए।
अटोरिक्सा चालक, धरान–१४ का ३१ वर्षीय अविनाश तामाङ घाइते भएका छन्। उनका अनुसार उनी पनि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै उपचाररत छन्।
प्रकाशित मिति: १० भाद्र २०८२, मंगलबार












प्रतिक्रिया