काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा पशुपति क्षेत्र विकास कोषका अध्यक्ष बद्री पाण्डेले हिन्दू नारीहरूको प्रमुख चाड हरितालिका तीजको अवसरमा आज आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिर परिसरको अवलोकन गरेका छन्।
मन्त्री पाण्डेले दर्शनार्थीहरूसँग संवाद गर्दै मन्दिरको व्यवस्थापन र सुरक्षा अवस्थाबारे चासो देखाएका छन्। उनले दर्शनका लागि भक्तजनलाई सहज र व्यवस्थित वातावरण उपलब्ध गराउन कोषले गरेको प्रयासको सराहना गरेका छन्।
साथै, दर्शनार्थीहरूलाई छिटो र सुचारु रूपमा दर्शनको सुविधा मिलाउन कोषका कर्मचारीलाई आवश्यक निर्देशन दिएका छन्। मन्त्री पाण्डेले मन्दिरमा खटिएका सुरक्षाकर्मीसँग शान्ति–सुरक्षाको व्यवस्था बारे प्रत्यक्ष जानकारी लिएका पनि छन्।
भक्तजनहरूले विगतको तुलनामा यस वर्ष बढी व्यवस्थित र सहज वातावरणमा पूजा–दर्शन गर्न पाएको अनुभव सुनाउँदै कोष, सुरक्षाकर्मी तथा व्यवस्थापकीय निकायको प्रशंसा गरेका छन्।
प्रकाशित मिति: १० भाद्र २०८२, मंगलबार













प्रतिक्रिया