काठमाडौँ । पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडान सञ्चालन गर्ने सम्बन्धी छलफल भएको छ । दुवै विमानस्थलबाट नियमित उडान गर्नेसम्बन्धी कार्ययोजनामा आज अर्थ मन्त्रालयमा छलफल भएको उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलको निजी सचिवालयले जनाएको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भारबहन व्यवस्थापन तथा गौतमबुद्ध र पोखरा विमानस्थलमा नियमित उडानका उपाय पहिचान तदनुरुप गर्ने सन्दर्भमा छलफल भएको हो ।

advertisement

छलफलमा अर्थमन्त्री पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारी, मुख्यसचिव एकनारायण अर्याल, सचिवहरु तथा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक लगायत सहभागी भएका थिए।

प्रकाशित मिति: १० भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com