काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको पक्षमा दायर भएको रिट उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पेश भएको छ।

न्यायाधीश सागर बिष्टको इजलासमा सुनुवाइको पेसी तोकिएको हो। सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका लामिछानेको तर्फबाट उनकी पत्नी निकिता पौडेलले रिट दायर गरेकी हुन्।

advertisement

निकिताले बिगो बराबरको बैंक जमानत राखी रिहा गर्न माग गर्दै यसअघि रुपन्देही जिल्ला अदालतमा पनि रिट दायर गरेकी थिइन्। तर जिल्ला अदालतले सो माग अस्वीकार गर्दै रिट खारेज गरेको थियो।

जिल्ला अदालतले निवेदन अस्वीकार गरेपछि पौडेलले उच्च अदालतमा पुनः रिट दायर गरेकी हुन्।

प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com