काठमाडाैं । प्रेमिका रुबी साह हत्या प्रकरणका मुख्य आरोपी लक्ष्मण पासवानलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।
भदौ ७ गते भएको हत्या घटनापछि आफू पनि आगो लगाएर आत्महत्या प्रयास गरेका पासवानलाई बुधबार बिहान प्रहरीले जलेको अवस्थामा पक्राउ गरी उपचारका लागि अस्पताल भर्ना गरेको थियो।
प्रारम्भिक उपचारका लागि गरुडास्थित बेटर नेपाल अस्पतालमा भर्ना गरिएका उनलाई त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार













प्रतिक्रिया