बजारिया ज्ञाता हातलागी हुने दानमा चुप्प हुन्छन्, कारण होला,
तीजबारे अन्यथा बोल्ने रमजानमा चुप्प हुन्छन्, कारण होला !
अरूका बारे पनि बोल भन्ने मेरो आशय हुँदै होइन, महोदय,
बस् पक्षपाती प्राय: दाताको समाह्वानमा चुप्प हुन्छन्, कारण होला !
हिजोको व्रत भोलिको समापन यानि साङ्गे छ तीजको,
बिचमा चौथी खेल्नेहरू खल्ती कटानमा चुप्प हुन्छन्, कारण होला !
सबै मन्त्री अनि झोले कर्मचारी कमाउनै उद्यत देखिए, सरकार,
एमसीसीदेखि इम्बोस्डसम्मका बझानमा चुप्प हुन्छन्, कारण होला !
मलाई त राष्ट्रिय परिचयपत्र अनि सामाजिक सुरक्षाकोष चाहिन्न,
सरोकारी भ्रष्टाचारको मदिरापानमा चुप्प हुन्छन्, कारण होला !
बेथिति र विसङ्गतिले हाम्रो मायामा ठाउँ पाउनु हुन्न ठान्छु म,
त्यसैकसो लडाकु पनि मतानमा चुप्प हुन्छन्, कारण होला !
प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार











प्रतिक्रिया