काठमाडौं ।  नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले पार्टीभित्र बहुमतको नारा दिने तर व्यवहारमा वैकल्पिक आधार खोज्ने प्रवृत्तिप्रति आक्रोश व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै उनले कार्यकर्ताको पीडा र संघर्षलाई बेवास्ता गरी चुनाव जित्न अर्कैको आधारमा निर्भर गर्ने प्रचलनले पार्टी कमजोर बन्दै गएको बताए ।

advertisement

“चुनाव जित्न कि त कार्यकर्ताको पीडाको व्यापार, कि त अर्कैको वैशाखी चाहिने, अन्तिममा त्यै पनि पार नलागेपछि समानुपातिकमा सूचीकृत भई आएका र पूर्व बुकिङ गर्न कुद्नेहरूले बहुमत, बहुमत भनेर बर्बराउँदा वाक्कै लाग्न थाल्यो,” उनले लेखेका छन् ।

बास्कोटाले २०८४ पछि चुनावै नहुने वा लोकतान्त्रिक अभ्यास समाप्त हुने जस्तो देखाउने शैलीमा प्रस्तुत भइरहेका नारामाथि पनि प्रश्न उठाएका छन् ।

प्रकाशित मिति: १२ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com