बागमती ।  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मानव सेवा आश्रमलाई बागमती प्रदेशको सबै जिल्लामा विस्तार गर्न सरकारले पूर्ण सहयोग गर्ने बताएका छन् ।

मानव सेवा आश्रम हेटौँडाको १३औँ वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै उनले सडक–आश्रित, बेसाहारा तथा असहाय मानवको उद्धार र संरक्षणमा मानव सेवा आश्रमको कार्य उत्कृष्ट रहेकाले यसलाई प्रदेशको १३ वटै जिल्लामा विस्तार गर्न प्रदेश सरकार पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

advertisement

मानव सेवा आश्रमको सेवा सबै जिल्लामा विस्तार गर्ने अभियानमा प्रदेश सरकार साझेदार बन्ने बताउँदै उनले आवश्यकता अनुसार मानव सेवा आश्रमको भवन तथा भौतिक संरचना निर्माणका लागि सहयोग गर्न प्रदेश सरकार तत्पर रहेको बताए ।

प्रदेशका सबै जिल्लामा सडक आश्रित बेसहारा मानवहरुको व्यवस्थापन गरी बागमती प्रदेशलाई ‘मानवताको प्रदेश’ घोषणा गर्ने प्रदेश सरकारको चाहना रहेको बताउँदै मुख्यमन्त्री बानियाँले समाजलाई कसरी राम्रो बनाउने र टुटेका मनलाई कसरी जोड्ने भन्नेमा सबैले चिन्तन गर्नुपर्ने बताए ।

प्रकाशित मिति: १३ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com