काठमाडौँ । सार्वजनिक तथा नीजि सवारी साधनमा तत्काल इम्बोड नम्बर प्लेट जडान अनिवार्य गर्ने निर्णयबाटपछि हटेको सरकारले आधुनिक प्रविधिमा रुपान्तरण हुनका लागि सो काम शुरु गरिएको दाबी गरेको छ ।

नागरिकस्तरबाट व्यक्त भएको असन्तुष्टिलाई मध्यनजर गर्दै तत्तकालका लागि सो निर्णय कार्यन्वयन नभएपनि विकसीत प्रविधि र सरकारले अघि सारेको डिजिटल नेपालको अवधारणालाई सार्थक बनाउन इम्बोस्ड नम्बर प्लेट जडानका लागि अग्रसर भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको हो । इम्बोस्ड नम्बर प्लेट जडानका लागि सर्वोच्च अदालत लगायत निकायबाट समेत मार्ग प्रशस्त भइसकेको भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालले जानकारी दिए ।

advertisement

इम्बोस्ड नम्बर प्लेट जडान र नियमनका लागि प्रभावकारी संयन्त्र नभएको अवस्थामा सरकारी निकायबाट चालिएको कदमलाई लिएर विरोध हुँदै अइरहेको छ । यद्यपि सरकारले भने पूर्वाधार निर्माणको क्षेत्रमा काम भइरहेको दाबी गरेको छ ।

केहिदिन अघि मात्रै यातायात व्यवस्था विभागले आगामी असोजबाट इम्बोस्ड नम्बर प्लेट जडान नभएका सावारीसाधनका धनीलाई कारबाही हुन सक्ने चेतावनीयुक्त सूचना जारी गरेपछि नागरिकस्तरबाट सरकारको आलोचना हुँदै आएको छ ।

 

प्रकाशित मिति: १४ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com