काठमाडौं । काठमाडौंमा गएराती परेको भारी वर्षाले विभिन्न बस्ती डुबानमा परेका छन्। वर्षासँगै आएको बाढीले खोला किनारका बस्तीहरु डुबानमा परेका हुन्। बाढिले खोला किनारका वासिन्दा प्रभावित भएका छन् । विष्ट गाउँका एक तल्लासम्मका घरहरू डुबानमा परेका छन् ।

राती नै प्रहरीले बागमती किनारामा रहेको टहराबाट ३ जनाको उद्धार गरेको छ। त्यस्तै भक्तपुरको नगरकोट, काठमाडौंको धाप, सुन्दरीजल लगायतका विभिन्न क्षेत्र डुबानमा परेको छ।

काँडाघारी प्रहरी कार्यालय भवनको भुइँ तला पनि डुबेको छ। मेसमा रहेका खाद्यान्न, फर्निचर लगायतका सामान बाढीले बगाउनुका साथै पार्किङमा राखिएका तीनवटा मोटरसाइकल पनि बगेका छन्।

भक्तपुरकै  हरहर महादेव नजिकको गाईगोठमा अलपत्र परेका १५ जनाको उद्धार गरेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: २५ श्रावण २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com