पूर्वी अफगानिस्तानमा गएराति भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ। पाकिस्तानको सीमा नजिकै अफगानिस्तानको पूर्वी क्षेत्रमा स्थानीय समयअनुसार राति ११ बजेर ४७ मिनेटमा ६ म्याग्निच्यूडको भूकम्प गएको बीबीसीले जनाएको छ।

प्रभावित प्रान्तहरू दुर्गम र कठोर भूभाग भएकोले मृतक संख्या अझै बढ्ने अनुमान गरिएको छ। भूकम्पका कारण १०० जनाभन्दा बढी घाइते भएका छन्। नंगरहार र कुनार प्रान्तका अस्पतालमा उनीहरूको उपचार भइरहेको छ।

advertisement

आठ किमि गहिराइको भूकम्पपछि कम्तीमा तीनवटा परकम्पन गएको बताइएको छ। तिनको तिव्रता ४.५ देखि ५.२ म्याग्निच्यूडसम्म छ। भूकम्पले काबुलदेखि पाकिस्तानको राजधानी इस्लामाबादसम्मका भवन हल्लाएको समाचारमा उल्लेख छ।

बाढी र भूकम्पपछि आएका पहिरोका कारण प्रभावित क्षेत्रमा जाने सडक बन्द रहेका कुनार प्रान्तका प्रहरी प्रमुखले जनाएका छन्। लिबान सरकारी अधिकारीले दुर्गम पहाडी क्षेत्रहरूमा उद्धार कार्यमा सहयोग गर्न मानवीय संस्थाहरूलाई आग्रह गरेका छन्।

 

प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com