काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जुबिच दुईपक्षीय भेटवार्ता भएको छ ।
चीनको थियाजिनमा प्रधानमन्त्री ओली र राष्ट्रपति मिज्जुबिच सोमबार भेटवार्ता भएको हो ।
प्रधानमन्त्री ओली शाङ्घाई सहयोग संगठन (एससिओ) प्लसको शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहँदै आएका छन् ।
पाँच दिने चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओली शनिबार त्यसतर्फ गएका हुन् । त्यसक्रममा उच्चस्तरीय भेटवार्ता भइरहेका छन् ।
प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार













प्रतिक्रिया