काठमाडाैं । अफगानिस्तानमा आइतबार राति गएको ६ म्याग्निच्युडको भूकम्पमा मृत्यु हुनेको संख्या ६२२ पुगेको छ भने १५०० भन्दा बढी घाइते भएका छन्।

नङ्गरहार प्रान्तको जलालावाद सहरबाट १७ किलोमिटर उत्तरपूर्वी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर राति ११:४७ बजे गएको भूकम्पले ग्रामीण क्षेत्रका घर, विद्यालय र संरचनाहरूमा व्यापक क्षति पुर्‍याएको छ। पाकिस्तानसँग सिमानासँगै रहेको केन्द्रविन्दुका कारण धक्का पाकिस्तानको राजधानी इस्लामावादसम्म महसुस भएको थियो भने अफगानिस्तानको राजधानी काबुलमा समेत कम्पन अनुभव गरिएको थियो।

advertisement

रोयटर्सका अनुसार कुनार प्रान्तमा मात्रै ६१० जनाको मृत्यु भएको छ भने नङ्गरहार प्रान्तमा १२ जनाको मृत्यु भएको छ।

तालिबान सरकारले उद्धार कार्यमा ४० वटा हेलिकोप्टर परिचालन गरेको जनाएको छ। ती हेलिकोप्टरमार्फत हालसम्म ४२० जनाको उद्धार गरिएको छ। प्रभावित क्षेत्रको दुर्गमता र सडकको असम्भावित अवस्थाका कारण उद्धार कार्यमा चुनौती आएको तालिबानले जनाएको छ।

भूकम्पपछि राति परेकाले ५ म्याग्निच्युडभन्दा बढी तीव्रताको परकम्पले थप क्षति पुर्‍याएको छ। त्यसपछि पनि ४.५ म्याग्निच्युडभन्दा बढी तीव्रताका कैयौँ परकम्प महसुस भएका थिए।

यसअघि सन् २०२२ मा पूर्वी अफगानिस्तानमा ५.९ म्याग्निच्युडको भूकम्पमा करिब एक हजार व्यक्तिको ज्यान गएको थियो।

तालिबान सरकारले प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय सहायता मागेको छ र उद्धार तथा राहत कार्यलाई तीव्र गतिमा अघि बढाइरहेको छ।

प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com