काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले विवादास्पद नागरिकता विधेयक फिर्ता पठाउनुपर्ने बताएका छन् ।थापाले सामाजिक सञ्जालमा धारणा राख्दै नेपाली पुरुषसँग विवाह हुनेबित्तिकै नागरिकता दिने र राजनीतिक अधिकारसमेत प्रदान गर्ने प्रावधान गलत भएको उल्लेख गरे ।

उनले नेपालभित्र बाबुको ठेगान नलागेका सन्तान हुर्केपछि आमाको नाममा र अंगीकृत नागरिकलाई वंशजका आधारमा नागरिकता दिने प्रावधान भने ठीकै भएको बताएका छन् ।

‘नेपाल सरहदभित्र बाबुको ठेगान नलागेका सन्तान हुर्केपछि आमाको नाममा र अंगीकृत नागरिकका सन्तानलाई वंशजको आधारमा नेपाली नागरिकता दिने प्रावधान ठीकै छन्’, थापाले लेखेका छन्, ‘तर विवाहको जग्गेमा नै दिन मिल्ने र १० घण्टाभित्रै सांसद र मन्त्री बनाउन सकिने व्यवस्था गलत छ ।’

राज्य व्यवस्था समितिले भारतमा जस्तै विवाहपछि कम्तीमा सात बर्षपछि मात्र नागरिकता दिनेगरी गरेको निर्णय ठीक भएको थापाको भनाइ छ। तर नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिल्ली पुगेर सौदावाजी गरेपछि नेपालमा विवादास्पद नागरिकता विधेकयक पारित गरिएको थापाको टिप्पणी छ ।

उनले अगाडि लेखेका छन्, ‘प्रचण्डले दिल्ली पुगेर सौदावाजी गरे, शशी श्रेष्ठलाई मन्त्रीको कुर्सीमा मस्त निद्रा लाग्यो र लीलामणि पोखरेल तैंचुप मैचुप छन् ।’यस्तो विवादास्पद कानुन प्रमाणीकरण राष्ट्रपतिले फिर्ता गनुपर्ने उनको भनाइ छ ।

 

प्रकाशित मिति: २६ श्रावण २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com