एजेन्सी । बेइजिङमा बुधबार आयोजित भव्य सैन्य परेडलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाविरुद्धको षड्यन्त्रको रूपमा चित्रण गरेका छन्।

दोस्रो विश्वयुद्धको अन्त्यको सम्झनामा चीनले राजधानी बेइजिङमा आयोजना गरेको परेडमा चीनका राष्ट्रपति सी जिनपिङ, रूसका राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाली नेता किम जोङ–उन र इरानी राष्ट्रपति मसउद पेजेश्कियन एकै मञ्चमा उपस्थित भएका थिए। यो दुर्लभ उपस्थिति पश्चिमी मुलुकका लागि गम्भीर सन्देश मानिएको छ।

advertisement

हालै मात्र ट्रम्पले युक्रेन युद्ध अन्त्यको प्रयासस्वरूप १५ अगस्टमा रूसी राष्ट्रपति पुटिनलाई अमेरिकामा आमन्त्रण गरी वार्ता गरेका थिए। तर वार्ता सफल नभएकाले युद्धविराम अझै टुंगिएको छैन। ट्रम्पले दिएको दुई साताको अल्टिमेटम सकिन लागेपछि परिस्थिति झनै जटिल बनेको छ।

उत्तर कोरियाले रूसलाई युक्रेनविरुद्ध सैनिक सहयोग र हतियार आपूर्ति गरिरहेको अन्तर्राष्ट्रिय समुदायले जनाएको छ। अमेरिकासँग दशकमै बिग्रिएको सम्बन्ध भएका उत्तर कोरियासँगको यो नजिकियतले तनाव थपिएको छ।

यस्तै, केही महिनाअघि अमेरिकाले इस्रायलसँग मिलेर इरानमा हवाई आक्रमण गरेको घटनाले पनि वाशिङटन–तेहरान सम्बन्धमा गहिरो दरार ल्याएको छ।

यसरी अमेरिकासँग तिक्त सम्बन्ध रहेका चीन, रूस, उत्तर कोरिया र इरानका शीर्ष नेताहरू बेइजिङमा काँधमा काँध मिलाएर देखिएपछि ट्रम्पले यसलाई “अमेरिकाविरुद्धको संगठित रणनीति” भन्दै कडा प्रतिक्रिया दिएका छन्।

प्रकाशित मिति: १८ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com