बैंकक । थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाकसिन शिनावात्रा आकस्मिक रूपमा देश छोडेर विदेशतर्फ प्रस्थान गरेका छन्। पाँच दिनमै आउने एक महत्वपूर्ण अदालतको फैसलाले उनलाई जेल सजाय हुन सक्ने प्रबल सम्भावना रहेको भन्दै उनले भागेको बताइएको छ।
यसअघि केही दिनअघि मात्र संवैधानिक अदालतले उनकी छोरी तथा प्रधानमन्त्री पैतोंगटार्न शिनावात्रालाई सीमा विवादसँग सम्बन्धित नैतिक दुराचारको मुद्दामा पदच्युत गरिसकेको थियो। सो घटनापछि मुलुकमा राजनीतिक अस्थिरता अझ गहिरिएको छ।
थाकसिनले बैंककस्थित डन मुएङ विमानस्थलमा अध्यागमन अधिकारीलाई आफू सिंगापुरतर्फ प्रस्थान गर्ने जानकारी दिएका थिए। तर उडान ट्र्याकिङका तथ्यांकले उनको निजी विमान सिंगापुर पुगेपछि मार्ग परिवर्तन गरी भारततर्फ गएको र त्यहाँबाट संयुक्त अरब इमिरेट्सतर्फ उडेको देखाउँछ। यस आधारमा उनी अहिले दुबई पुगेको अनुमान गरिएको छ।
प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया