काठमाडौं । आमरण अनशनमा रहेकी निहारिका राजपूतका निजी जीवनसँग सम्बन्धित तस्वीर नायिका करिश्मा मानन्धरले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सार्वजनिक गरेकी छन्।

यो घटना बाहिर आएभन्दा फरक रहेको तर्क गर्दै करिश्माले उनका तस्बिरहरु सार्वजनिक गरेकी हुन् । करिश्माले सार्वजनिक गरेका तस्बिरमा निहारिकाको एक युवकसँग अन्तरंग सम्बन्ध झल्किन्छ।

निहारिकाले आफूमाथि बलात्कार भएको बताउदै आए पनि यी तस्बिरले उनीहरूबीच सम्बन्ध रहेको करिश्माको आशय छ । घटनाको प्रकृति नै थाहा नपाई आफू सहयोग गर्न अघि सरेकोमा मानन्धरले माफी समेत मागेकी छन् ।

अनुमतिबिना निजी तस्बिरहरू सार्वजनिक गर्दै करिश्माले निहारिकालाई आफ्नो आमा बुवासँग माफी माग्न सल्लाह दिँदै बच्चा र आफ्नो जीवनलाई असर हुने गरी अगाडि नबढ्न सल्लाह पनि दिएकी छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘अब उपरान्त भोकोलाई खाना र नाङ्गोलाई लुगा बाहेक रुपैयाँको सहयोग गर्न म सक्दिन । निहारिकाको सडकको बिजोग हेर्न नसकेर अगाडि बढे । निहारिका १ आमा, बुवासँग माफी माग । बच्चालाई सर पर्छ, तिम्रो जीवनमा असर पर्छ । आफूलाई दुख नदेऊ । कत्ति नावालिग जो साँच्चिकै पीडित छन् उनीहरूको मुद्दामा असर पर्छ । राज्य, न्यायपालिकाले यो केसको गहिरो छानबिन गरोस् । म भ्रममा परेको हुँ कि ? तर सधैँ सत्य को साथमा छु । यो सब हेरे पछि के गरूँ म ?’

करिश्माले निहारिका अनसन बसिरहँदा उनी र उनका छोराको लालनपालनका लागि आफू तयार रहेको घोषणा नै गरेकी थिइन्।

सामाजिक सञ्जालमार्फत तस्बिरहरु सार्वजनिक गरेसँगै चर्को आलोचना सुरु भएको छ। मानन्धरले गैर जिम्मेवार अभिव्यक्ति दिएको भन्दै आलोचना सुरु भएको हो।

प्रकाशित मिति: २८ श्रावण २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com