काठमाडौँ । सवारी दुर्घटनामा परि एक जना महिलाको मृत्यु भएको छ।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारमा शनिबार बिहान ट्रकको ठक्करबाट ५८ वर्षीया जिरा देवी दानीको मृत्यु भएको छ।
बा.५ ख ३२३९ नम्बरको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको शंखरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: २१ भाद्र २०८२, शनिबार













प्रतिक्रिया