काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोधमा प्रदर्शनमा उत्रिएका पाँच जना युवालाई प्रहरीले पक्राउ गरेको छ।

शनिबार नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडिको शान्तिपूर्ण प्रदर्शनबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो। प्रदर्शनको आयोजना ‘युथ कांग्रेस नेपाल’ले गरेको थियो।

advertisement

संस्थाका महामन्त्री प्रभात कुमार ठाकुर, कोषाध्यक्ष विराज अर्याल, केन्द्रीय सदस्यहरू सुजन राज गिरी र धिरज सञ्जेल तथा सदस्य आशिष शर्मा पक्राउ परेकाहरूमा परेका छन्।

प्रदर्शनकारीहरूले मुखमा मास्क र त्यसको माथि कालो टेप लगाएर सांकेतिक विरोध गरेका थिए। उनीहरूले सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध आवाज उठाउँदै अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रको पक्षमा एकजुट भएको बताएका छन्।

संस्थाले विज्ञप्ति जारी गर्दै पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न माग गरेको छ। साथै, शान्तिपूर्ण आन्दोलनलाई गैर–लोकतान्त्रिक शैलीमा दमन गर्ने प्रयास नगर्न सरकार र सम्बन्धित निकायलाई सचेत गराएको छ।

प्रकाशित मिति: २१ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com