काठमाडौं । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरोधी आन्दोलनमा उत्रिएका जेन–जी युवाहरू संसद् भवनभित्र प्रवेश गरेका छन् । प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि आक्रोशित युवाहरु गेटमाथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन्।

संसद भवन अगाडि भ्रष्टाचार र जेनजीको निर्णयविरुद्ध युवाहरूले गरेको प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। माइतीघर मण्डलाबाट जुलुससहित अघि बढेका युवाहरू सिंहदरबार क्षेत्र पार गर्दै संसद भवन परिसरतर्फ पुगेपछि स्थिति तनावपूर्ण बनेको हो।

advertisement

‘भ्रष्टाचार अन्त्य गर’, ‘हाम्रो आवाज दबाउन पाइँदैन’, ‘सामाजिक सञ्जाल बन्द अस्वीकार्य छ’ जस्ता नारा लगाउँदै प्रदर्शनकारी अगाडि बढिरहेका बेला सुरक्षाकर्मीले अवरोध गरेका थिए। तर, जुलुस नरोकेपछि प्रहरीले बल प्रयोग गर्दै भीड तितरबितर पार्ने प्रयास गरेको हो।

प्रहरीले अश्रुग्यास प्रयोग गर्दा केही प्रदर्शनकारी घाइते भएको प्रारम्भिक जानकारी आउन बाँकी छ, भने केहीलाई नियन्त्रणमा पनि लिइएको छ। युवाहरूले भने आफूहरूको आन्दोलन शान्तिपूर्ण भएको दाबी गर्दै राज्यले बल प्रयोग गरेर अभिव्यक्ति स्वतन्त्रता दबाउन खोजेको आरोप लगाएका छन्।

प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com