काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमाथि जारी प्रतिबन्ध फुकुवा गर्ने माग अस्वीकार गरेका छन्।
सोमबारको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउनुपर्ने धारणा राखेका थिए। कांग्रेसको तर्फबाट बोल्दै उनले जेनजी आन्दोलन चर्किएको समयमा सरकारले प्रतिबन्धलाई निरन्तरता दिनु उचित नहुने तर्क प्रस्तुत गरेका थिए।
तर, प्रधानमन्त्री ओलीले सरकारको निर्णय सही भएको भन्दै यसबारे पुनर्विचार नहुने स्पष्ट पारेका छन्। एक मन्त्रीका अनुसार, ओलीले जेनजी आन्दोलनमा घुसपैठ भएको र अराजकता मच्चाउने पक्षको इच्छा पूरा हुन नदिन प्रतिबन्ध कायम राख्नु आवश्यक रहेको उल्लेख गरेका छन्।
यससँगै सामाजिक सञ्जालमा पहुँच रोक्ने नीति तत्काल फुकुवा नहुने निश्चित भएको छ।
प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार













प्रतिक्रिया