काठमाडौं । बञ्चरेडाँडामा आज विहानैबाट स्थानीयले फोहोर बोकेको गाडी रोकेका छन् । काठमाडौंबाट फोहोर बोकेर गएको गाडी स्थानीयले रोक्दै प्रहरी र सवारी चालकलाई जबरजस्ती नगर्न माइकिङ गरेका हुन् ।

उनीहरुले महानगर स्थानीयको माग प्रति गैर-जिम्मेवार भएको भन्दै ‘५० हजार मान्छे मार्न खोजेको’ आरोप लगाएका छन् । माइकिङबाट प्रहरीलाई स्थानीयले झुटो मुद्दा खारेज गर्न र दमन रोक्न माग गरेका छन् ।

उनले माग पुरा नभए स्थिति मुठभेडतर्फ जाने चेतावनी दिएका छन् । मंगलबार काठमाडौंबाट गएका कुनैपनि गाडीले फोहोर फाल्न सकेका छैनन् ।

अहिले नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीवेशी नगरपालिकाको क्षेत्रमा सडकमा युवाहरु जम्मा भएका छन् भने डाँडा-डाँडामा महिला र वृद्धवृद्धाहरु गएर बसेका छन् ।

काठमाडौं महानगरले हिजो सोमबार बन्चरेडाँडामा प्रहरी परिचालन गरेर फोहोर विसर्जन गरेको थियो । २ सय ५० भन्दा धेरै प्रहरी परिचलान गरेर २ सय ३ गाडी फोहोर विसर्जन भएको थियो ।

जिल्ला नुवाकोटका अनुसार ४०-५० जना प्रहरी बञ्चरेडाँडामै रहेका छन् । नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रमेश पण्डितले आवश्यक परे मात्रै ब्याकअप फोर्स खटाउने तयारी भएको बताएका छन् ।

प्रकाशित मिति: ३१ श्रावण २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com