जुम्ला । जिल्ला कारागार जुम्लाबाट ३६ जना कैदीबन्दी भागेका छन् । कारगार भित्र रहेका हतियार र दाउराको प्रयोग गरी मङ्गलबार राति ११ बजेतिर कैदिबन्दी भागेको प्रहरीले जनाएको छ । भागेका ४१ जना कैदिबन्दी ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्य ३६ जना फरार रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख रबिन बाबु रेग्मीले बताए ।

जेनजी आन्दोलनको मोका छोपि रातिको समयमा कैदिबन्दी भागेका हुन् । डिउटीमा रहेका प्रहरी र जेलरमाथि हातपात गर्दै कारागारमा रहेका कैदिबन्दी भागेको उनको भनाइ छ । ९७ जना कैदीबन्दीमध्ये पाँच जना महिला र ९२ जना कैदिबन्दी कारागरामा रहेका थिए ।

advertisement

यसैगरी, जेनजी आन्दोलनका क्रममा जुम्लामा लाखौँको क्षति भएको छ । जुम्लामा रहेका प्रमुख पार्टी कार्यालय र चन्दननाथ नगरपालिकामा आगजनि र तोडफोड गरिएको छ । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, नेमकिपा, राप्रपाको पार्टी कार्यालय र चन्दननाथ नगरपालिकाको कार्यालय तथा सवारी साधनहरु जेनजीहरुले तोडफोड तथा आगजनी गरेको रेग्मीले बताए ।

चन्दननाथ नगरपालिकामा रहेका गाडि र दमकल तोडफोठ भएको प्रहरीको भनाइ छ । प्रहरी र सुरक्षाकर्मीले मुख्य नाकादेखि गाउँ–वस्तीमा खोजतलासी तीव्र बनाएका छन् ।

स्थानीय बासिन्दालाई पनि सशंकित गतिविधि देखिए तत्काल खबर दिन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालयले यसलाई गम्भीर सुरक्षा चुनौतीका रूपमा लिँदै कारागारमा भएको कमजोरीबारे छानबिन सुरु गर्ने जनाएको छ । अहिले फरार कैदीको खोजी कार्य तीव्र गतिमा भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com