काठमाडौं । आन्दोलनरत जेन–जी पुस्ताले अन्तरिम सरकार गठनबारे राष्ट्रपति रामचन्द्र पौडेलसँगको वार्ताका लागी नेतृत्व चयन गर्न नसकेपछि अन्योलताको अवस्था सिर्जना भएको छ।
नेपाली सेनाको मुख्यालय जंगी अड्डामा जेन-जीका प्रतिनिधि र प्रधानसेनापतिबीच वार्ता भईरहेको छ। राष्ट्रपति पौडेलले सेनाको मध्यस्थतामा जेन–जीको माग बुझ्न र सम्भावित अन्तरिम सरकारबारे छलफल गर्न प्रतिनिधिहरूसँग छलफल गर्न चाहेका छन्। तर, आन्दोलनरत जेन-जी नेतृत्वविहीन रहँदा औपचारिक टोली पठाउने निर्णय हुन सकेको छैन्।
यसैबीच, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले प्रधानसेनापति अशोकराज सिग्देलसंग भेटवार्ता गर्ने तयारी रहेको स्रोतले जनाएको छ।
प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार













प्रतिक्रिया