काठमाडौं । जेन-जी आन्दोलनका क्रममा भएका आगजनी, तोडफोड, लुटपाट तथा अन्य घटनासम्बन्धी फोटो, भिडियो र सामाजिक सञ्जालका लिङ्क नेपाल प्रहरीले माग गरेको छ।

नेपाल प्रहरीले आफ्नो आधिकारिक इमेल [email protected] मार्फत यस्ता सामग्री उपलब्ध गराउन सर्वसाधारणसँग आग्रह गरेको हो।

advertisement

प्रहरीका अनुसार प्राप्त हुने दृश्य सामग्री र सूचनाले घटनाको दोषी पहिचान र अनुसन्धानमा सहयोग पुर्‍याउनेछ। प्रहरीले घटनामा संलग्न व्यक्तिहरूलाई कानूनी दायरामा ल्याउन नागरिकको प्रत्यक्ष सहयोग अपरिहार्य रहेको भन्दै प्रमाणिक सामग्री पठाई सहकार्य गर्न सबैलाई अनुरोध गरेको छ।

 

प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com