काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी पुस्ताले देखाएको समर्पण र बलिदानले मुलुकमा परिवर्तन ल्याएको बताएका छन्।

उनले जेनजीको त्याग, संघर्ष र योगदानले राष्ट्रलाई नयाँ दिशातर्फ डोर्याएको बताएका छन् । “जेनजी पुस्ताको योगदान अमूल्य छ, जसले आगामी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्नेछ,” उनले भने।

advertisement

मेयर शाहले सामाजिक सञ्जालमार्फत् जेनजीप्रति गहिरो सम्मान प्रकट गर्दै वीर सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै घाइतेहरूको छिटो स्वास्थ्यलाभको पनि शुभकामना व्यक्त गरेका छन्।

 

प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com