काठमाडौं । चिनियाँ वैज्ञानिकहरूले विश्वमा पहिलो पटक “बोन ग्लू” नामक क्रान्तिकारी हड्डी टाँस्ने पदार्थ विकास गरेका छन्। यस नयाँ प्रविधिले भाँचिएको हड्डी २–३ मिनेटमै जोड्न सक्ने दाबी गरिएको छ। बोन ग्लू ओइस्टर (सिंगा/सीप)बाट प्रेरित सामग्रीबाट बनाइएको छ र पूर्ण रूपमा बायोडिग्रेडेबल भएकाले शरीरमा ६ महिनाभित्रै घुल्छ। यसले पारम्परिक धातु प्रत्यारोपणको आवश्यकता हटाउने सम्भावना राख्छ।

बोन ग्लू के हो?

advertisement

चिनियाँ वैज्ञानिकहरूले ‘बोन ०२’ नामक जैविक पदार्थ निर्माण गरेका छन्, जसको प्रयोग भाँचिएको हड्डी जोड्न गरिन्छ। यो सामग्री समुद्रमा कडा रुपमा टाँसिने शंखबाट प्रेरित छ। डा. लिन जियानफेङले हड्डीलाई रगतले भरिएको वातावरणमा पनि मजबुत रूपमा टाँस्न सकिने क्षमता ओइस्टरको छाल र धाराबाट सिकेका थिए।

बोन ग्लूको टाँसिने शक्ति २०० किलो ग्रामभन्दा बढी छ। शल्यक्रियामा यसलाई प्रयोग गर्दा भाँचिएको हड्डी २–३ मिनेटमै स्थिर हुन्छ। पुरानो विधिमा धातु प्रत्यारोपण आवश्यक पर्थ्यो र त्यसलाई निकाल्न पुनः शल्यक्रिया गर्नु पर्थ्यो। तर, बोन ग्लू प्रयोग गरे हड्डी निको भएपछि ६ महिनाभित्र यो आफैं पग्लिन्छ र दोस्रो शल्यक्रियाको आवश्यकता पर्दैन।

बोन ग्लूले कसरी काम गर्छ?

शल्यक्रियामा बोन ग्लू लगाउनुअघि यो एक टाँसिने पदार्थको रूपमा तयार हुन्छ। रगतले भरिएको वातावरणमा पनि बलियोसँग टाँसिन्छ। वैज्ञानिकहरूले ५० भन्दा बढी सूत्र र सयौं परीक्षण गरी यसलाई जैविक रूपमा सुरक्षित बनाएका छन्। यस नयाँ प्रविधिले हड्डी उपचारको क्षेत्रमा क्रान्ति ल्याउने विश्वास गरिएको छ।

प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com