काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा सुशीला कार्की प्रधानमन्त्री नियुक्त हुनु महिला सशक्तीकरणको ऐतिहासिक उदाहरण भएको टिप्पणी गरेका छन्।

मणिपुरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले नेपाली समकक्षी कार्कीलाई हार्दिक बधाई दिँदै, नेपालको शान्ति, स्थिरता र समृद्धिको यात्रामा उनको नेतृत्व निर्णायक हुने विश्वास व्यक्त गरे।

advertisement

उनले भने, ‘नेपालको पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीलाजीको उदय महिला सशक्तीकरणको महत्वपूर्ण उपलब्धि हो। अस्थिरताको वातावरणमा पनि लोकतान्त्रिक मूल्यलाई सर्वोच्च प्राथमिकतामा राख्ने सबै नेपाली नागरिकको म उच्च प्रशंसा गर्दछु।’

मोदीले जेन–जी आन्दोलनपश्चात् युवाहरूले क्षतिग्रस्त संरचनाको सरसफाइ र रंगरोगनमा देखाएको सक्रियता पनि उदाहरणीय रहेको बताए। उनले भने, ‘पछिल्ला दिनहरूमा नेपालका युवक–युवतीले सडक सफाइ र रंगरोगनमा जुन समर्पण देखाएका छन्, त्यो प्रेरणादायी मात्र होइन, नयाँ नेपाल निर्माणको स्पष्ट संकेत पनि हो। सामाजिक सञ्जालमा उनीहरूको गतिविधि मैले पनि नियालेको छु। यसले नेपाल नवउदयको आभास गराउँछ।’

उनले अन्त्यमा नेपाल र नेपाली जनताको उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गरे।

प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com