काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनताका साना समस्याहरूलाई पनि संवेदनशील ढंगले र समयमै समाधान गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

शनिबार आयोजित कार्यक्रममा उनले नेपालमा भएको जेन–जी आन्दोलनलाई उदाहरण दिँदै साना समस्याको बेवास्ताले ठूलो संकट निम्त्याउन सक्ने उल्लेख गरे।

advertisement

समाचार संस्था पीटीआईका अनुसार आदित्यनाथले भने, ‘जनताको गुनासो र समस्या यदि बेलैमा सम्बोधन गरिएन भने त्यसले ठूलो रूप लिन सक्छ। छिमेकी मुलुकको अवस्थाले यसलाई स्पष्ट देखाएको छ।’

उनले थपे, ‘जनप्रतिनिधिहरूले कहिलेकाहीँ जनताको आक्रोश पनि सहनुपर्छ। त्यसैले धैर्यपूर्वक उनीहरूको कुरा सुन्ने र विवेकपूर्ण ढंगले समाधान गर्ने जिम्मेवारी निर्वाह गर्नुपर्छ।’

प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com