काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तथा वितरण सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ।
यातायात व्यवस्था विभागले आइतबार सूचना जारी गर्दै हाल विभागको संरचना तोडफोड, आगजनी र चोरी–लुटपाटका कारण इलेक्ट्रोनिक उपकरण, छपाइ मेशिन र सर्भरमा गम्भीर क्षति पुगेकाले सेवा अवरुद्ध भएको जनाएको छ।
विभागका अनुसार सवारी चालक अनुमतिपत्र छपाइ र वितरणसँगै विद्युतीय सवारी साधन दर्ता लगायतका सूचना–प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली अर्को सूचना जारी नहुन्जेलसम्म सञ्चालनमा आउन नस्ने अवस्था बनेको छ।
विद्यमान विषम परिस्थितिमा अर्को सूचना जारी नभएसम्म सबै प्रणाली बन्द रहनेछ, विभागको सूचनामा उल्लेख छ।
यसअघि आन्दोलनका क्रममा विभागको कार्यालय परिसरमा व्यापक क्षति पुगेको थियो।
प्रकाशित मिति: २९ भाद्र २०८२, आइतबार













प्रतिक्रिया