काठमाडौं । राष्ट्रपति कार्यालयले जेन-जी आन्दोलनका क्रममा भएको आजगनी तोडफोडका क्रममा लुटपाट भएका सामग्री बुझाइदिन सूचना जारी गरेको छ ।
राष्ट्रपति कार्यालयले आज (आइतबार) विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको कार्यालयमा रहेका कम्प्युटर, ल्यापटप, प्रिन्टर, स्क्यानर, टि.भि. कुर्सी लगायतका भौतिक सामग्रीहरू कार्यालय परिसरबाट लुटपाट चोरी भउको उल्लेख गरेको छ ।
‘कसैले राष्ट्रपतिको कार्यालय जि. खा.पा.नं. उल्लेख भएका वा नभएका समान देख्नु भएमा वा भेटाउनु भएमा वा कुनै माध्यमबाट आफ्नो साथमा रहेको भएमा यस कार्यालयमा बुझाई सहयोग गरिदिनुहुन यो सूचना प्रकाशन गरिएको छ’ सूचनाको व्योहोरा छ ।

प्रकाशित मिति: २९ भाद्र २०८२, आइतबार













प्रतिक्रिया