काठमाडौं । काठमाडौं महानगरले आज सोमबार देखि भवनको नक्सापास भए अनुसार प्रयोग नभएको पाएमा कारबाही गर्ने तयारी गरेको छ ।
महानगरले जारी गरेको ३५ दिने सूचनाको म्याद आइतबार सकिएसँगै आज सोमबार देखि महानगरले एक्सनमा उत्रने तयारी गरेको हो ।
साउन १ गते महानगरले ३५ दिने सूचना जारी गरेर घर तथा भवन निर्माण गर्दा पास भएको नक्सा अनुसार अण्डरग्राउण्डलाई प्रयोग गर्न निर्देशन दिएको थियो ।
मेयर बालेन्द्र साहको सचिवालयका अनुसार बानेश्वर क्षेत्रमा अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर अन्य प्रयोजनामा लगाइएका संरचना भत्काउन खोज्दा हुनसक्ने तनावको स्थितिलाई नियन्त्रण गर्न महानगरले प्रहरीसँग छलफल समेत गरिसकेको छ ।
प्रकाशित मिति: ६ भाद्र २०७९, सोमबार
प्रतिक्रिया