काठमाडाैं ।  जेनजी आन्दोलनका क्रममा कञ्चनपुर कारागारबाट बाहिरिएका २३९ कैदीबन्दी फिर्ता भएका छन् । कारागार कार्यालय कञ्चनपुरका निमित्त प्रशासक रामदत्त जोशीका अनुसार फिर्ता हुनेमा २२७ पुरुष र १२ महिला कैदीबन्दी रहेका छन् ।

कारागारमा रहेका २८ जना भारतीय कैदीबन्दीमध्ये १० जनालाई मात्रै प्रहरीले पक्राउ गर्न सफल भएको छ । अझै १८ जना भारतीय कैदीबन्दी फरार रहेका छन् । कारागारमा ४७९ कैदीबन्दी रहेका थिए । जसमध्ये लागूऔषधका मात्रै १६९ जना रहेका छन् ।

advertisement

“कारागारबाट बाहिरिएकामध्ये केही कैदीबन्दीहरू सम्पर्कमा रहेका छन्,” निमित्त प्रशासक जोशीले भने, तीन दिनभित्र कारागारमा फिर्ता आउने अश्वासन दिएका छन्, सम्पर्कमा नआएका कैदीबन्दीको खोजीका लागि प्रहरीले खोजतलासको कार्य गरिरहेका छन् ।

 

प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com