म्याग्दी ।  म्याग्दीमा कारागारबाट भागेका ५२ कैदीबन्दीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बेनी नगरपालिका–२ खबरामा रहेको जिल्ला कारागारबाट यही भदौ २५ गते बिहान ताला तोडफोड गरेर ७६ कैदीबन्दी भागेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले आज बिहानसम्म ५२ कैदीबन्दीलाई नियन्त्रणमा लिएको जानकारी दिए । नियन्त्रणमा लिएका कैदीबन्दीलाई कारागार प्रशासनको जिम्मा लगाइएको उनले बताए । फरार भएका २४ कैदीबन्दीको खोजीमा प्रहरी टाली परिचालन भएको छ । काठमाडौँबाट भागेर आएका एक र कास्कीबाट आएका दुई जनालाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

advertisement

प्रहरी निरीक्षक पौडेलका अनुसार कैदीबन्दी भगाउन सहयोग गर्ने पाँच जनालाई पनि पक्राउ गरेर कारागार ऐन २०७९ बमोजिम मुद्दा चलाइएको छ । कारागारमा भएका ८८ जनामध्ये महिला ब्लकमा रहेको छ, पुरुष ब्लकका छ जना बिरामी र हिँड्न नसक्नेबाहेक सबै ताला तोडेर भागेका थिए ।

प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com