काठमाडौं । गत साताको तोडफोड र आगजनीका घटनाबाट एनसेलको काठमाडौंस्थित मुख्य कार्यालय ‘एनसेल आइकम’ साथै महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयहरूमा व्यापक क्षति पुगेको कम्पनीले जनाएको छ।

एनसेलका अनुसार यस घटनाले भौतिक संरचनामा क्षति मात्र नभई कर्मचारी सुरक्षा र सेवा निरन्तरतामा पनि गम्भीर चुनौती उत्पन्न गरेको छ। यद्यपि, कम्पनीले चुनौतीका बाबजुद तीन दिनसम्म निःशुल्क लोकल भ्वाइस कल, एसएमएस र इन्टरनेट सेवा उपलब्ध गराउँदै सेवामा निरन्तर पहुँच सुनिश्चित गरेको जनाएको छ।

advertisement

कम्पनीले विगत २० वर्षदेखि नेपाली जनताका लागि सेवा प्रदान गर्दै आएको र ग्राहकप्रतिको समर्पण कहिल्यै कमजोर नहुने स्पष्ट पारेको छ। साथै, नेपालमा अन्तरिम सरकार गठन भएको सन्दर्भमा नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएको छ।

एनसेलले युवा नेतृत्वमा भएको आन्दोलनले ल्याएको परिवर्तनलाई स्वागत गर्दै यसले शान्ति, एकता र समृद्धि ल्याउने विश्वास व्यक्त गरेको छ। कम्पनीले सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, रोजगारी सिर्जना, आर्थिक वृद्धिलाई गति र डिजिटल नेपाल निर्माणमा निरन्तर योगदान गर्ने प्रतिवद्धता दोहोर्याएको छ।

अन्ततः, आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको स्मरण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि कम्पनीले व्यक्त गरेको छ।

प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com