काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले धरानका मेयर हर्क साम्पाङप्रति भावनात्मक अभिव्यक्ति दिएका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत शाहले साम्पाङलाई जति गाली गरे पनि आफ्नो माया घट्दैन भन्ने सन्देश सार्वजनिक गरेका हुन्।
बालेनले लेखेका छन् “डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एकतर्फी नै सही, तर मेरो माया साँचो हो। यु आर माई ट्रु लव”
उनको यो स्टाटस सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्चा चलेको छ। केहीले यसलाई दुई मेयरबीचको राजनीतिक तरंगको बीचमा आएको भावनात्मक अभिव्यक्ति भनेका छन् भने केहीले मजाकको रूपमा पनि लिएका छन्।
प्रकाशित मिति: ३१ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया