काठमाडौं । जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका ६ जनाको शव विभिन्न जिल्लाहरूमा पठाइएको छ । नेपाली सेनाको विमानमार्फत आज विभिन्न जिल्लामा शवहरू पठाइएको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाको हवाईद्वारा सुनसरी, उदयपुर, सिराहा, धनकुटा र संखुवासभा जिल्लाहरूमा पठाइएको हो ।

advertisement

आजै केहीको अन्तिम संस्कार पशुपतिको आर्यघाटमा गरिएको थियो ।

सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाहरूलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र राष्ट्रिय शोक स्वरुप असोज १ गते सार्वजनिक बिदा दिने लगायतका निर्णय गरेको थियो ।

भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरूले गरेको प्रदर्शन हिंसात्मक बन्दा ७२ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: ३१ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com