कालीकोट । मंगलबार बिहानदेखि अवरुद्ध बनेको कर्णाली राजमार्ग पुनः सञ्चालनमा आएको छ। शुभकालिका–१ स्थित गगने खोलामा खसेको ठूलो पहिरो दुईवटा मेसिन प्रयोग गरेर पन्छाएपछि यातायात आवागमन सहज भएको हो।
गगने खोलापारीको डाँडा पूरै खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो। पहिरो हटाउन स्काभेटर र जेसीभी प्रयोग गरिएको कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले जानकारी दिए। उनका अनुसार वर्षा हुनेबित्तिकै लेदो र ढुंगासहित पहिरो खस्ने भएकाले सो क्षेत्रमा यात्रुहरू बारम्बार सास्ती खेपिरहेका छन्।
प्रकाशित मिति: १ आश्विन २०८२, बुधबार













प्रतिक्रिया