काठमाडौँ । मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै भदौ २३ र २४ गतेका हिंसात्मक घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।

प्रसाईंले आफू र आफ्नो अभियानका सदस्यहरू सो आन्दोलनमा संलग्न नरहेको स्पष्ट पारेका छन्। मेयर बालेन शाहले आउनु पर्दैन भनेकाले सहभागिता नगरेको उनले बताएका छन्। आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र सरकारी सम्पत्तिमा आक्रमणलाई उनले दुःखद बताउँदै घटनाको जिम्मा वास्तविक संलग्न पक्षले लिनुपर्ने बताएका छन्।

advertisement

उनले आफूहरूलाई ‘राजावादी’ भनेर आरोप लगाइएकोमा आपत्ति जनाउँदै आफूहरू राष्ट्रवादी भएको स्पष्ट पारे। विगतका राजनीतिक घटनाक्रमलाई जोड्दै प्रसाईंले नेपालमा पश्चिमी प्रभाव र षड्यन्त्र सक्रिय रहेको दाबी गरे। उनले यस्तो गतिविधिको अन्तिम उद्देश्य नेपाललाई भूराजनीतिक खेलमा प्रवेश गराई अस्थिर बनाउनु रहेको आरोप लगाए।

प्रसाईंले राष्ट्र, धर्म र नागरिकको सुरक्षाका लागि सबै राष्ट्रवादी शक्तिहरू एकजुट भई वैदिक सनातन धर्मसहितको हिन्दु अधिराज्य नेपालको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्। साथै, उनले राजाले पनि राष्ट्रको पक्षमा दृढतापूर्वक उभिनुपर्ने आवश्यकता औँल्याएका छन्।

 

प्रकाशित मिति: २ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com