काठमाडौं । धरान उपमहानगरका मेयर हर्क साम्पाङले चेतावनीपुर्ण अभिव्यक्ति दिएका छन्।

उनले फेसबुकमा स्टाटस लेख्दै धरानमा श्रमदान नगर्ने विद्यार्थीहरु परीक्षामा उत्तीर्ण नहुने नियम लागू गर्ने घोषणा गरेका छन् ।

उनले भनेका छन्, ‘धरानको विकासका लागि श्रमदान नगरे कक्षा उतीर्ण नहुने नियम लागू गरिने छ ।’

उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै धरानमा नगरको विकासको लागि श्रमदान नगरे कक्षा उत्तीर्ण नहुने नियम लागू गर्ने अभिव्‍यक्ति दिएका हुन् । उनले भनेका छन्, ‘ धरानमा नगरको विकासको लागि श्रमदान नगरे कक्षा उत्तीर्ण नहुने नियम लागु गरिनेछ !’

उनको यो चेतावनीपुर्ण अभिव्यक्तिप्रति सामाजिक सञ्जालमा आलोचना र समर्थन दुवै भइरहेको छ।

तथापी मेयर हर्क साम्पाङले शिक्षालाई श्रमसंग जोड्ने र श्रमलाई उत्पादनसंग जोडेर उत्पादनलाई बजारसंग जोड्ने अभिप्रायका साथ उक्त नियम लागू गरेको देखिन्छ । मेयर साम्पाङले देशबिकासमा पुस्तकज्ञानसँगै श्रमज्ञानको महत्व दर्शाउँदै सामाजिक कार्यमा विद्यार्थीलाई जोडेर श्रमज्ञान दिने उनको उदेश्य देखिन्छ।

तर कतिपय आलोचकहरुले श्रमदान नगरेकै कारण बालबालिकालाई उत्तीर्ण नहुने नियम लागू गराउने धम्की दिएर बालबालिकामाथि मानसिक तनाव नदिनसमेत मेयर साम्पाङलाई सुझाव दिएका छन् ।

प्रकाशित मिति: ८ भाद्र २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com