काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेन–जी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिलाई शुक्रबार अस्पतालमा भेटेकी छन् ।

भण्डारी नेपाल प्रहरी अस्पताल पुगेर घाइतेहरूको स्वास्थ्य अवस्था, उपचार प्रक्रिया र आवश्यक सहयोगका विषयमा जानकारी लिइन् । उनले उपचाररत बिरामीसँग प्रत्यक्ष कुराकानी गर्दै शीघ्र स्वास्थ्यलाभको शुभकामना दिइन् ।

advertisement

अस्पतालमा उपस्थित चिकित्सकसँग पनि उनले घाइतेहरूको उपचारबारे जिज्ञासा राखेकी थिइन् । कुनै कसर बाँकी नराखी प्रभावकारी उपचार गर्नुपर्नेमा उनले जोड दिएकी छिन् ।

भदौ २३ र २४ गते भएको जेन–जेड प्रदर्शनमा ७४ जनाको मृत्यु भएको थियो भने धेरै जना घाइते भएका थिए । उनीहरू हाल काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत छन् ।

उक्त घटनापछि बनेको अन्तरिम सरकारले मृतकलाई शहीद घोषणा गर्दै प्रत्येक परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति र अन्य खर्चबापत थप पाँच लाखसहित १५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । यस्तै, घाइतेहरूको सम्पूर्ण उपचार खर्च सरकारकै जिम्मेवारीमा हुने जनाएको छ ।

प्रकाशित मिति: ३ आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com