सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्वको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले राई समुदायको मुख्य पर्व आउताबाबु औंसीको उपलक्ष्यमा आइबार गाउँपालिका मातहत रहने वडा कार्यालय, स्वास्थ्य संस्थाहरु, विद्यालय तथा अन्य शिक्षण संस्थाहरु, बैंक तथा विक्तिय संस्थाहरु र अन्य सार्वजनिक संघरसंस्थाहरुमा स्थानीय बिदा दिइएको जानकारी दिए।

advertisement

अध्यक्ष वाइबाले गाउँपालिका बासी, स्वदेशी तथा विदेशमा रहेका राई समुदायलाई आउताबाबु औंसी पर्वको अवसरमा शुभकामना व्यक्त गरे । हरिहरपुरगढी गाउँपालिकामा आदिवासी तथा जनजाती राई समुदाय उल्लेख्यरुपमा बसोबास गर्दै आएका छन् ।

 

प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com