काठमाडौं । काठमाडौं महानगरले भूमिगत पार्किङका पसलहरु हटाउन थालेपछि ठूला व्यापारिक भवनहरुले आफैं पार्किङ खाली गर्न थालेका छन् । बानेश्वरमा यूएफओ ब्रान्डको  पसल चलिरहेको व्यवसायिक भवनको पार्किङ क्षेत्र खाली गर्न थालिएको छ।

महानगरले ताकेता गरेपछि व्यवसायी र घरधनीले स्वतःस्फुर्त रुपमा पार्किङ खाली गर्न थालेका हुन् । बानेश्वको उक्त भवनमा ‘काठमाडौं महानगरपालिकाको सूचनालाई अनुशरण गर्दै अन्डरग्राउन्ड पार्किङको मर्मत निर्माण कार्य हुँदैछ,’ भन्ने सूचना टाँसिएको छ।

३५ दिने सूचनाको म्याद सकिएपछि अन्डरग्राउन्डमा राखिएका पसलर र स्टोर हटाउन मेयर बालेन साह आफैं सक्रिय छन् । यसले गर्दा जुनसुकै बेला महानगरको टोली आएर सामान निकाल्न समेत समय नदिई अवैध संरचना हटाउन सक्ने देखिएपछि व्यवसायहरु आफैं सक्रिय हुन थालेको नगर प्रहरीका एक अधिकारीले बताए।

‘बानेश्वर क्षेत्रमा व्यवसायी र घरधनी आफैंले पसल र सामान हटाउन सुरु गरेका छन्,’ उनले भने।

आजबाट महानगरले शंखमुल क्षेत्रमा पनि व्यवसायीलाई भूमिगत पार्किङको पसल हटाउन अल्टिमेटम दिएको छ । नगर प्रहरीले बारम्बार पुगेर निर्देशनमा भइरहेको प्रगतिको ‘फलोअप’ गरिरहेको ती अधिकारीले बताए।

प्रकाशित मिति: १० भाद्र २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com