काठमाडाैं । भदौ २४ गते आन्दोलनको क्रममा प्रहरी वृत्त कालिमाटीमा आगजनी गर्ने एक जना पक्राउ परेका छन्।

प्रहरीले काठमाडौं बस्ने सचिन खड्कालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंकी डिएसपी पूर्णिमा चन्दले जानकारी दिइन्। उनले कालिमाटी प्रहरी वृत्तमा आगजनी तथा तोडफोड गरेको आरोप छ।

advertisement

भदौ २४ गते भएको प्रदर्शनमा काठमाडौंका अधिकांस प्रहरी वृत्तमा आगजनी तथा तोडफोड भएका छन्।

अहिले ती प्रहरी वृत्तमा मुद्दाको कारबाही अघि बढाएको छैन। यद्यपि प्रहरी परिसरबाटै अनुसन्धान अघि बढाइएको छ।

ललितपुरमा पनि भदौ २४ गतेको घटनामा संलग्न १३ जनालाई नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com